मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ बिरुद्ध अभद्र व्यहार मुद्दा चलाइने

प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ बिरुद्ध अभद्र व्यहार मुद्दा चलाइने


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध अभद्र व्यहारमा मुद्दा चलाइने भएको छ।  स्वदेश फिर्ता जान पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिकले शुक्रबार सिंहदरबार गेटमा प्रहरीमाथि हातपात गरेका थिए।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले प्रहरीमाथि हातपात गर्ने यानचाओ, ग्याभिट, जान्था र ज्याजलिनविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको बताए।

निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रेका ४७ जना चिनियाँलाई नियन्त्रणमा लिए पनि प्रहरीमाथि हातपातमा संलग्न चार जनाविरुद्ध मुद्दा चलाउन लागिएको हो।

चिनियाँको हातपातका क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका नेपाल समय खबर छ ।