मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कारोना संक्रिमितको संख्या एक सय २०

नेपालमा कारोना संक्रिमितको संख्या एक सय २०


काठमाडौं – नेपालमा कारोना संक्रिमितको संख्या एक सय २० पुगेको छ । सोमबार कपिलवस्तुका थप दश जनामा कोरोनाको संक्रमण पुष्टि भएसंगै यसको संख्या एक सय २० पुगेको हो ।

अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ भने कपिलवस्तुमा मात्रै १५ जना संक्रमित भएका छन् ।

यसअघि शनिबार ८ जनामा कोरोना पुष्टि भएकोमा ४ जना उदयपुर ३ जना कपिलवस्तु र एक जना रौतहटका थिए । कपिलवस्तुमा त्यसअघि पनि भारतको मुम्वईबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुई युवामा संक्रमण पुष्टि भएको थियो

आज ९सोमबार० संक्रमण पुष्टि भएकाहरु कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० नम्बर वडाका बासिन्दा रहेका छन् ।

संक्रमित सबै पुरुष हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समुहको रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।