मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुछिदै गएको रहेछ देशको शरिर आज थाहा भयो

लुछिदै गएको रहेछ देशको शरिर आज थाहा भयो


  • पहल असिम

कहाँ रैछ्न खुट्टा कहाँ रैछ शिर आज थाहा भयो
लुछिदै गएको रहेछ देशको शरिर आज थाहा भयो

रुपियाँको लेपन नलगाउदा सम्म फैसला भएन
आँखा नभएकै रहेछ तिम्रो नजिर आज थाहा भयो

देश काट्नेलाई दिल दिन्छौ आमा काट्नेलाई फुल
हामी यति सस्ता भैसकेछौ अमिर आज थाहा भयो

बेसार घसेर कसैलाई पहेंलो पार्न सिकेछौ बधाई छ
काईदाको रहेछ मित्रको जागिर आज थाहा भयो

एक नोक्सानले अर्को नाफाको बाटो निर्माण गर्यो
फुट्नु पनि जन्मनु रहेछ तकदिर आज थाहा भयो