मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदीमा कोरानाबाट एक नेपालीको मृत्यु, ५० संक्रमित

साउदीमा कोरानाबाट एक नेपालीको मृत्यु, ५० संक्रमित


काठमाडौं- वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

साउदीको जेद्दामा एक नेपालीको ज्यान गएको त्यहाँ रहेको महावाणिज्य दूतावासले जानकारी दिएको हो। उनको नाम र ठेगाना भने खुलाइएको छैन् ।

पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ।

महावाणिज्य दूतावासका अनुसार साउदीमा ५० जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये ४५ जना जेद्दा क्षेत्रमा मात्रै रहेको दुतावासले जनाएको छ ।

अहिलेसम्म १५ जना निको भएका छन् भने बाँकीको उपचार भइराखेको छ । साउदीमा रहेका नेपाली जोखिममा रहेकाले सचेत हुन दुतवासले अपिल गरेको छ ।

साउदीमा अहिलेसम्म कूल ३९ हजार ४८ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ सय २६ जनाको मृत्यु भएको छ । ११ हजार ५ सय ४७ जना निको भएका नेपाल समयमा खबर छ ।