मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेयमार र एमबाप्पे पीएसजीमै रहने

नेयमार र एमबाप्पे पीएसजीमै रहने


एजेन्सी । स्ट्राइकर द्वय नेमार र केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने एन्डर हेरेराले बताएका छन् ।

कीर्तिमानी मूल्यमा पीएसजी स्टार नेमार ला लिगा च्याम्पियन बार्सिलोनाको फर्किने हल्ला चलेको छ । यस्तै अर्को स्पेनिस पावरहाउस क्लब रियल मड्रिडले युवा स्टार एमबाप्पेलाई चाहेको खबर बाहिरिएका छन् । तर, रियलका प्रशिक्षक जिनेदिन जिदानले कुनै खुलासा गरेका छैनन् । 

पीएसजीका टिम सहकर्मी हेरेराले नेयमार र एमबाप्पे पेरिसमै रहन विश्वास व्यक्त गरेका छन् । “नेयमार र एमबाप्पे हालसम्म पीएसजीमै छन् । उनी अझै धेरै हामीसँगै रहने छन्,” हेरेराले भने । उनले क्लबमा  दुवै खेलाडी हुँदा मात्र टिम पूरा भएको महसुस हुने बताए । 

फ्रान्समा कोरोना भाइरस महामारीका कारण गत महिना २०१९–२० को सिजन पूर्वरूपमा स्थगित गरिएको थियो । त्यसपछि लिगको शीर्ष स्थानमा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरेको थियो ।

सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेपछि नेयमारले छ उपाधि जितेका थिए । उनले लगातार तीन पटक लिग वान तथा समान एक एक पटक कोपा डे फ्रान्स, कोपा डे ला लिग र ट्राफी देस चैम्पियन्सको उपाधि जितेका छन् ।

यता सोही वर्ष मोनाकोबाट लोनमा पीएसजी पुगेका एमबाप्पेले पनि नेमार जत्तिकै उपाधि जितेका छन् ।