मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका पूर्वराष्ट्रिय फुटबलरलाई कोरोना संक्रमण

नेपालका पूर्वराष्ट्रिय फुटबलरलाई कोरोना संक्रमण


नेपालका पूर्वराष्ट्रिय खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। दुबइमा बस्दै आएका उनले आफूलाई कोरोना सङक्रमण भएको जानकारी दिएका हुन्। उनले आफु सेल्फ आइसोलेसनमा रहेको र कोरोना संक्रमित भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका हुन। उनले मे ५ मा परीक्षण गरेको र मे ६ मा कोरोना सङ्क्रमण पुस्टी भएको बताए। 

श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिउका छन्। ‘नर्मल छु यस्तै कफहरु पनि छैन। सेल्फ आइसोलेसनमा बसेको छु। खानाहरु खान्छु। लेमनहरु राखेको छु। जगिङ गर्दै बसेको बस्छु’ उनले भने।

 उनले नेपालको राष्ट्रिय टिमका लागि सन् २००८ देखि १० सम्म खेलेका थिए। संकटा क्लबमा एक वर्ष, एनआरटीमा ३ वर्ष र थ्रीस्टारबाट एक सिजन खेलेको बताएको दिनेश खबरमा समाचार छ ।