मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँच्नलाई दुनियाँमा थोरै ईज्जत भएन

बाँच्नलाई दुनियाँमा थोरै ईज्जत भएन


  • धिरज स्मृतिपवन

आफैँलाई गरौँ भने खतम,हिम्मत भएन
बाँच्नलाई दुनियाँमा थोरै ईज्जत भएन

बारम्बार आउँदा पनि आँधि, तुफानहरु
सृष्टिको दुस्ख भने कहिल्यै जफत भएन

पत्थरहरू सङ्ग पनि यी परेली भिजिरहे
हुनत,जिन्दगीको नदीसङ्ग सङ्गत भएन

उस्तै उदास रात छ, उस्तै उदास दिन छ
लाग्छ,यो शहरको अझै पनि मर्मत भएन

तिमी गईसक्यौँ फेरि तिमीलाई बोलाउँछु
म कस्तो पागल बिर्सने मेरो आदत भएन

डोटी