काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्इा बृद्धि हुदैँ गईरहेको छ । हालसम्मको तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
सोमबार मात्रै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। आजमात्रै २४ जना नयाँ संक्रमित भेटिएका छन्।
प्रतिक्रिया