मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक पत्रकारलाई पनि कोरोना संक्रमण

नेपालमा पहिलो पटक पत्रकारलाई पनि कोरोना संक्रमण


काठमाडौं – नेपालमा पहिलो पटक पत्रकारमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ। पर्सामा मंगलबार नयाँ संक्रमित भेटिएका ३९ जनामध्य केही पत्रकारलाई पनि कोरोना संक्रमण भेटिएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जिल्लाका केही चर्चित पत्रकारहरुलाई पनि कोरोना संक्रमण भेटिएको बताए। तर उनले संख्या भने एकिन हुन नसकेको जानकारी दिए।

‘केही समय पहिले हामीलाई ज्ञापन पत्र बुझाउन आउने पत्रकार पनि संक्रमित भएको सुनिएको छ’, बस्नेतले भने, ‘त्यसले हामीलाई पनि त्रसित बनाएको छ।’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले २ जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको बताए। अरुले फोन नै रिसिव नगरेकाले पत्रकारको संख्या एकिन हुन नसकेको उनले जानकारी दिए।