मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला यू-१७ विश्वकप अर्को वर्ष

महिला यू-१७ विश्वकप अर्को वर्ष


फिफा महिला यू-१७ विश्वकप एक वर्षपछि सन् २०२१ मा हुने भएको छ। छिमेकी मुलुक भारतमा हुने तय भएको प्रतियोगिता नोबेल कोरोना भाइरस(कोभिड–१९) का कारणले केही समय अघि स्थगित गरिएको थियो।

अब प्रतियोगिता आउँदो वर्षको जनवरीबाट मार्चसम्मका गरिने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बताएको छ। उसले मंगलबार यस्तो घोषणा गरेको हो।

भारतमा यही वर्षको नोभेम्बरमा प्रतियोगिता हुने तय थियो। पहिलोको तालिका अनुसार २ नोभेम्बरबाट २१ नोभेम्बरसम्म प्रतियोगिता गराइने तय भएको थियो। तर, फिफाले यू–१७ विश्वकप ४ अप्रिलमा नै स्थगित गर्यो।

कोरोना भाइरसका कारण भारतमा हालसम्म २२ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६७ हजार नाघेको छ।