मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप क्वालिफायरका दुई प्रतियोगिता स्थगित

विश्वकप क्वालिफायरका दुई प्रतियोगिता स्थगित


काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले आज(मंगलबार) दुई क्वालिफायर प्रतियोगिता स्थगित गरेको छ। उसले कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण प्रतियोगिता स्थगित गरेको बताएको हो।

स्थगित हुनेमा आईसीसी महिला क्रिकेट विश्वकप क्वालिफायर र आईसीसी यू–१९ क्रिकेट विश्वकप क्वालिफायर डिभिजन २ रहेका छन्। आईसीसीले बोर्ड सदस्य र सम्बन्धित सरकारसँग समन्वय गरेर प्रतियोगिता स्थगित गरेको बताएको छ।

महिला विश्वकप क्वालिफायरका खेलहरु आउँदो जुलाई ३ बाट १९ तारिकसम्म हुने तय भएको थियो। श्रीलंकामा आयोजना हुने प्रतियोगिताबाट न्युजिल्यान्डमा सन् २०२१ मा हुने विश्वकपका लागि तीन टिम छनोट हुनेछन्।

खेलमा सहभागी देशहरुसँग निरन्तर सम्पर्कमा रहेर प्रतियोगिताको नयाँ मिति तय गरिने आईसीसीले बताएको छ।

आईसीसीका आयोजना प्रमुख क्रिस टेस्टेलले भने, ‘आवागमनमा रहेको बाधा र विश्व महामारीका कारण हामीले सरकार र स्वास्थ्यकर्मीको सल्लाहमा अगाडिको क्वालिफाइङ खेल स्थगित गरेका छौं।’ – nepalsamaya