मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर उड्यो

कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरी लिएर सेनाको हेलिकप्टर उड्यो


धनगढी : दार्चुलाको कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुलाको कालापानी क्षेत्रको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट उडेको छ।

टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत रहेका छन्।

कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी  दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली छाङरु जाने कार्यक्रम छ।

त्यहाँ हाल प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन्। उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन्। कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको हो। – dineshkhabar