मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुला काटेको ईतिहास हेर्ने छौ ऐ जुनिमा

मुला काटेको ईतिहास हेर्ने छौ ऐ जुनिमा


  • अमरदिप शर्मा

खेल्दै गर परेड अर्काको भुमिमा, मुला काटेको ईतिहास हेर्ने छौ ऐ जुनिमा
जस्ले तिम्रो देशको सिमाना जोगायो, तिमिलाई पाखे भन्नेलाई भगायो
आखिर रहेछौ त ईतिहासले भनेझै, आत्मा चिर्न धर्मात्मा पठाउने अज्ञानि झै !
मित्र मर्दैन, मित्रता मर्छ फर्की हेर, मेरो बुद्द्का बाणी जादैनन खेर
मेरा पुर्खाले चिनेको मित्र तिम्रो पुर्खा, आखिर प्रश्टै प्रश्टियो तिम्रो धुर्तता

नजिक भएका सबैलाई खाए पनि, आउने हुन खान तिमि नजिकै छौ भनी
तिम्रा पाण्डव लुक्दा सत्य जिताउने मेरो भुमी, रमाउछन तिम्रा नागरिक यै देशमा झुमी झुमी
जात हराएको हिन्दु भयौ के भनु खै, हराउने छौ तिमि पनि, तारकासुर झै !

एक सरो जिउ ढाक्न नपाउनेले जित्यो, खुर्पा र हसियाको प्रहारले जित्यो
सायद नालापानीमा गरेको रणनितिमा, छलकपट सिक्यौ टेकेनौ विधिमा
गान्धी पनि नेपालको हुनुपर्छ, नभए आज उ तिमि सङ्ग डर्छ
मित्र ईतिहास एक पल फर्किहेर्नु, बिर गोर्खाली कहिल्यै नछेड्नु !

कदम हटाउ अब दादागिरी चल्दैन, यो दादागिरिले नेपाली युवा गल्दैन
आउन नदेउ त्यो अप्रिय क्षण, आज स्वास चल्दैछ जेनतेन
मुक्तिको हाम्रो अदम्य ज्वालामा, दाग कमाउने छौ भरत बर्षको गालामा !