मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संकट : सबैभन्दा प्रभावित देशको सूचीमा भारत १२ औं स्थानमा

कोरोना संकट : सबैभन्दा प्रभावित देशको सूचीमा भारत १२ औं स्थानमा

सुदूर आज

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६०४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यही अवधिमा ८७ जनाको संक्रमणका कारण ज्यान गएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिल्लीमा मात्रै ८६ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा कुल ७४ हजार २८१ संक्रमित छन् भने २ हजार ४१५ को मृत्यु भएको छ।

स्वास्थ्य मन्त्री हर्षवर्धनका अनुसार संक्रमणबाट हुने मृत्युदर भारतमा ३.२ प्रतिशत छ भने निको हुने दर ३१.७४ प्रतिशत छ।

यि तथ्यांकहरुलाई हेर्दा कोरोना भाइरस संकटबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा भारत १२ औं स्थानमा पुगेको छ।

चीन भारतभन्दा एक स्थान माथि छ। जहाँ गएको डिसेम्बर महिनामा यो महामारी सुरु भएको थियो। चीनमा कुल संक्रमितको संख्या ८४ हजार ४५१ र मृतकको संख्या ४ हजार ६४४ छ।

यो सूचीमा सबैभन्दा अगाडि अमेरिका छ, जहाँ संक्रमितको संख्या १२ लाख नाघेको छ। यसपछि स्पेन, रुस, बेलायत, इटली, फ्रान्स, ब्राजील, टर्की र इरान छन्।

नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ भने यिमध्ये ३४ जना निको भइसकेका छन्।