मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो कारण देखाई स्थायी कमिटी स्थगित गर्नु भद्दा राजनीति : डा. रावल

मेरो कारण देखाई स्थायी कमिटी स्थगित गर्नु भद्दा राजनीति : डा. रावल


काठमाडाैं- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटीका सबै सदस्यका पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरुप भनी टिप्पणी गरेका छन्।

बुधबार बिहान ११ बजेका लागि डाकिएको सत्तारूढ नेकपा स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे। रावलले बैठक स्थगित हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहकारले कोरोना भाइरस संक्रमित व्यक्तिसँग आफ्नो नाम जोडेकामा आपत्ति जनाएका हुन्।

नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मकहाँ एक महिनादेखि नरहेका र त्यसअघि पनि मेरो निकट सम्पर्कमा नरहेका प्रहरीमा कोरोना संक्रमण देखिनुलाई प्रधानमन्त्रीका सल्लाहारकाले मसँग केही नबुझी बैठक स्थगनको एउटा कारण हो भन्दै रेडियोमा फुक्न लगाउनु र स्थायी कमिटीका सबै सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्ने षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरुप हो।’

उनले केही दिनअघि बालुवाटार निकट भनिएका सांसद र नेताहरुको भेला गर्दा पीसीआर परीक्षण नखोजिएको पनि स्मरण गरेका छन्।

नेता रावलले पार्टी विधानअनुसार तीनतीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पाँच महिना बित्दा पनि बस्न नसकेको बताएका छन्। उनले भने, ‘विधानअनुसार एक चौथाइ सदस्यहरुले बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने बाध्यात्मक बाध्यता छ। प्रधानमन्त्रीले बैठक बोलाउन नमानिरहनुभएको कुरा सार्वजनिक भइसकेको छ।’ 

२५ गते बस्ने भनिएकाे बैठक २४ गते सचिवाल बैठकमा कुरा नमिल्दा स्थगित भएकाे थियाे। – nepalsamaya