मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा २४ घण्टामा ९९ हजार कोरोना संक्रमित थपिए

विश्वमा २४ घण्टामा ९९ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । विश्वका २१५ देशमा पछिल्लो २४ घण्टामा ९९ हजार ७३ कोरोना भाइरसका संक्रमित थपिएका छन् । अब विश्वभरमा कोरोना संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २६ हजार ३६८, रुसमा १० हजार ५९८, ब्राजिलमा १५ हजार ३०५ तथा बेतालयतमा ३ हजार ५६० कोरोना संक्रमित थपिएका छन् । 

हालसम्म संक्रमित मध्ये १७ लाख ५५ हजार १२ जना निको भएर घर फर्किसकेका छन् । २५ लाख ५७ हजार ९३९ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१ पुगेको छ । – बाह्रखरी