मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन उलघंन गर्नै छुट कसैलाई छैन : प्रजिअ पौडेल

लकडाउन उलघंन गर्नै छुट कसैलाई छैन : प्रजिअ पौडेल


कमल रावल, अछाम ।

अछामका प्रमख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले लकडाउनको उलघंन गर्ने कसैलाई पनि छुट नहुने बताउनु भएको छ । लकडाउन अर्थात बन्दाबन्दी कार्यान्वयन गर्नु हरेक नागरीकको दायित्व भएकोले पालना गर्नुको विकल्प नभएको बताउनु भयो ।

सुरक्षाकर्मि, जनप्रतिनिधिले मात्रले गरेर मात्र सम्भव नभएकाले हरेक ब्यक्ति सजग र सचेत हुनुपर्ने बताउनु भयो । संचारकर्मीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले कोरोनाभाईरसलाई जित्नका लागि लकडाउन कार्यान्वयन गरि एकान्तबास बस्न आग्रह गर्नु भयो ।

जिल्ला कमाण्ड समिति सँयोजक समेत रहेका पौडेलले बेलखेत र चौखुट्टे नाका कडाई गरेर मात्र नभई कर्णालि प्रदेश र सुदुरपश्चिम प्रदेशबाट नै कडाई हुनुपर्ने बताउनु भयो । अन्य जिल्लाबाट पास उपलब्ध गराएर अछामका नाकामा आएर अलपत्र पर्ने भएकाले पनि उध्दार गरी सम्बन्धीत पालिका पठाउने गरिएको बताउनु भयो ।

लकडाउन उलघन गरि आउने, राहत वितरणमा दोहोरोपना, बास्तबिक वर्गले नपाएको भए जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गर्नु भयो । एकान्तबास बसिरहदा थुप्रै िक्रयाकलाप गर्न सकिने भएकाले निराश नहुन सुझाव दिनुभयो ।

यतिबेला घरतिर बसेर नया नया योजना बनाउनुका साथै तरकारी खेति अग्रसर बन्न सकिने बताउनु भयो । साहित्य क्षेत्र, कलाकारिता, सहित सामाजिक क्षेत्रका हरेक काममा सामाजिक सन्जाल मार्फत नै यसबेला अग्रसर बन्न सकिने बताउनु भयो ।