मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमा जोगाउन पहल गर्नुको साटो नेकपाको सरकार कुर्चीको खेलमा अल्झियो : कांग्रेस संसदिय दलका नेता डा. रावल

सिमा जोगाउन पहल गर्नुको साटो नेकपाको सरकार कुर्चीको खेलमा अल्झियो : कांग्रेस संसदिय दलका नेता डा. रावल


कैलाली । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता डा. रण बहादुर रावलले कोरोनाका कारण भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धति ठाँउमा पुरयाउन नसक्नु सरकारको कम्जोरी भएको बताएका छन् ।

डा. नेता रावलले प्रतिपक्षको भुमिकाबाट सरकारलाई सम्पुर्ण तवरबाट सहयोग गरेपनि सरकारले काम गर्न नसकेको बताउदैँ डा. रावलले कांग्रेसले सरकारले गर्ने गरेका राम्रा नराम्रा कार्यको आलोचना सहित सहयोग समेत गरेको बताए ।

कोरोना नियन्त्रण तथा रोकथामको लागी पनि सहयोग र साथ दिएको भन्दै नेता रावलले प्रदेश सरकारले सबै संग समन्वय गरी निती बनाएर अगाढी बड्न सल्लाह सुझाव दिएको तर पनि सरकारले औपचारीक समन्वय नगरेको बताए । राहत बितरण देखी लिएर स्वास्थ्य सामाग्री बितरणमा पनि कांग्रेसले सहयोग गरेको र कोरोना नियन्त्रणमा सहयोग गरीरहने बताए ।

सिमा बिबादको बिषयमा बोल्दैँ उनले अहिलेको बर्तमान सरकारले यस बिषयमा मनोमानी गररिहेको आरोप लगाए । नेता रावलले अहिले सम्म नेपालको नक्सा समेत सार्वजनिक नगर्नुले बर्तमान सरकार नितान्त कुर्ची जोगाउन मात्र अल्झेको आरोप लगाए । देशको भुभाग अरुले खोस्दा पनि केहि बोल्न र गर्न नसक्ने प्रधानमन्त्री एकदमै गैर जिम्मेवार रहेको उनको आरोप छ ।

भारतले आफ्नो नक्सामा नेपाली भुमी राखीसके पछि पनि सिमाको बिषयमा कहिले बार्ता नगरी नेपाली जनतालाइ भ्रममा राख्ने प्रबृति नेपालका प्रधानमन्त्रीले गरेको बताए । दुई तिहाइको नेकपा सरकारले जनताको लागी केहि गर्न नसको समेत उहाँको भनाई छ ।

यसपालीको बजेटको बारेमा बोल्दै नेता रावलले सरकारले बिकासका कार्यहरु अगाडी बडाउन नसकेको आरोप समेत लगाए । बजेट कोरोना लक्षीत हुनुपर्ने, रोजगारी र स्वास्थ्य क्षेत्रमा लक्षीत गरी ल्याउनुपर्ने बताउदै त्यसको लागी प्रतीपक्षले सरकारलाई दबाब दिने बताए । स्रोत साधानको दुरुपयोग नगरी सबैले कोरोना नियन्त्रणमा सहयोग गरीरहेको बेला सरकारले पनि सफल कार्य गर्नुपर्ने बताए ।