मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाबाट मृत्युकाे घटनाप्रति अमेरिका मर्माहत, सहयाेग जारी रहने प्रतिबद्धता

काेराेनाबाट मृत्युकाे घटनाप्रति अमेरिका मर्माहत, सहयाेग जारी रहने प्रतिबद्धता


काठमाडौं- अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालमा कोभिड १९ का कारण जीवन क्षति भएको खबरले आफू अत्यन्त मर्माहत भएकाे बताएका छन्।

उनले कोभिड १९ ले जनस्वास्थ्य, जनजीवन तथा मानसिक स्वास्थ्यमा पारेको गम्भीर प्रभावलगायत यो दुःखको घडीमा अमेरिकी र नेपाली जनता सँगै रहेको स्पष्ट पारेका छन्।

दूतावासले भनेकाे छ, ‘कोभिड १९ का कारण जीवन क्षति भएको खबरले राजदूत बेरीलगायत नेपालस्थित अमेरिकी मिसनका सपूर्ण परिवार अत्यन्तै मर्माहत भएका छाैं।’

अमेरिकाले नेपालीको कोरोना भाइरसविरुद्धको लडाइँमा हरतरहले सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएकाे छ।

दूतावासले भाइरसलाई मिलेर परास्त गर्ने विश्वास लिएको छ। यस्तै दूतावासले सबैलाई सुरक्षित रहन आग्रह गरेको छ। – nepalsamya