मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोपाईको पैसाले घर खर्च

रोपाईको पैसाले घर खर्च


गीता कुँवर, अछाम

जेठ महिना सुरु भएसंगैँ रोपाईको चटारो सबैतिर छ । अहिले कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याई नभ्याई छ । सिचाई सुविधा पुगेका खेतमा बैशाख अन्तिम साता देखि सुरु भएको छ । यति बेला रोपाई गरेर कतिपय महिलाहरुलाई आम्दानी गर्ने स्रोत बनेको छ ।

घरमा कमाउने कोही छैन, श्रीमान्लाई रक्सी खानबाट फुर्सद मिल्दैन, रोपाईको सिजन आयो भने घर खर्च चलाउन सजिलो हुन्छ । कहिलेकाहि छोरीको पढाईको खर्च समेत जोहो हुने गरेको छ । छोरीको पढाई खर्च जुटाउन निकै समस्या छ उनले भनिन् ।’ बिहान रोपाई गर्न गयो भने ३ सय र दिउँसो रोपाई गर्न गए ४ सय रुपैयाँ लिने गरेको उनले बताईन् ।

पबि कोली
साँफेबगर नगरपालिका वडा नम्बर ३

साँफेबगर नगरपालिका वडा नम्बर– ३ की पबि कोलीलाई पनी अहिले रोपाईबाट फुर्सद नै छैन । उनले अरुको खेत रोपे बापत एक दिनकोे ३ देखि ४ सय सम्म लिने गरेकी छन् । आयआर्जनको कुनै बाटो नभएकाले पबिलाई रोपाईको सिजनबाट कमाई हुने र घर खर्च चलाउन केहि सहज हुने गरेको उनले बताईन् ।

धरु बिकको पनी यति बेला आम्दानीको सा्रेत रोपाई बनेको छ । जेठ महिना भित्र उनले ४ हजारसम्म आम्दानी गरेको बताईन् । ‘असारको अन्तिमसम्म पानी खाने फुर्सद नै हुदैन उनले भनिन् रोपाईको पैसाले नुन तेल किन्न सजिलो भएको छ ।

पैसा आउने बाटो कतैबाट पनी छैन । रोपाईको सिजनले राहत मिलेको छ । रोपाई गर्दिनु पर्याे भनेर धेरै मानिसहरु घरमै पैसा दिन आउँछन् । समय नभएर केहिको त पैसा फिर्ता समेत गरेको छु ।’ पबि र धरु मात्र होईनन् उनी जस्ता आय सो्रत नभएका धेरै महिलाहरु रोपाई गरेर खर्च जुटाउने गर्दछन् ।