मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा २४ घण्टामा १२४ जनाको परीक्षण, सबैको रिर्पोट नेगेटिभ

धनगढीमा २४ घण्टामा १२४ जनाको परीक्षण, सबैको रिर्पोट नेगेटिभ


धनगढी : पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशाला मार्फत सुदूरपश्चिम प्रदेशका एक सय २४ जनाको कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय २४ जनाको पीसीआर विधीबाट कोरोना भाईरस परीक्षण गरिएको हो।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ सय ८५ जनाको र्‍यापिड  टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ। र्‍यापिड  टेस्टमा विभिन्न जिल्लाका थप २ जनाको पोजेटिभ देखिएकोमा उनीहरुको पीसीआर परीक्षण हुन बाँकी छ।

र्‍यापिड टेष्टमा ३४ जनाको एन्टीबडी देखिएपनि १२ जनाको पीसीआर परीक्षणमा भने रिर्पोट नेगेटिभ आएको छ। यसैबीच सुदूरपश्चिम प्रदेशमा अहिले सम्म आरटी पीसीआर विधिबाट  तीन हजार पाँच सय ३८ जनाको परीक्षण गरिएकोमा पाँच जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। उनीहरु सबै यसअघि नै निको भएर घर फर्किसकेका छन्। थप दुई सय ५९ जनाको परीक्षण हुन बाँकी रहेको छ।

यस्तै १८ हजार ७ सय ५४ जनाको र्‍यापिड  टेस्ट गरिएको छ। यस्तै, कोरोना आशंकामा कैलालीका चार जना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ। आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी २७ वर्षीया महिलामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको छ।

ती महिलाका भाई दुई महिनाअघि देहरादुनबाट आएको बुझिएको छ भने धनगढी तारानगरका ३० वर्षीय पुरुष डेढ महिना अघि मलेसियाबाट आएको बताइएको छ।

ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो। यस्तै गेटाका ३० वर्षीय पुरुषमा ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको दिनेश खबरमा समाचार छ ।