मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २९५

नेपालमा थप तीन जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २९५


काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ। कोभिड १९ को संक्रमण पुष्टि भएकामा धनकुटाकी ३४ वर्षीया महिला र मोरङकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

यो पुष्टी सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ भने देशमा कुल संक्रमितको संख्या २९५ पुगेको छ।