मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाब्ली एकता समाज मुम्बईद्धारा राहत वितरण

बाब्ली एकता समाज मुम्बईद्धारा राहत वितरण


मुम्बई ।

बाब्ली एकता समाज मुम्बईका संस्थापक तथा समाजसेवी ज्योती बाब्लीको संयोजकत्वमा नेपालीहरुको घना बस्ती रहेको मुम्बईको मानखुर्द क्षेत्रमा राहत वितरण गरिएको छ ।

मुम्बईको मानखुर्द स्थित नेपाली झुपडीबस्तीमा बसोबास गर्ने ७० नेपाली परिवारलाई प्रतिपरिवार १० किलो चामल, २ किलो आटा र एक किलो नुन र तेल वितरण गरिएको हो ।

साथी नेपाल नामक सामाजीक संस्थाको आधारभूमीमा मुम्बईमा लामो समय देखि समाज सेवा गर्दै परोपकारी मनोभाव नै आफ्नो जीवनको लक्ष्य रहेको बताउनु हुने समाजसेवी ज्योती बाब्ली र उहाँ द्वारा स्थापित संस्था बाब्ली एकता समाजले प्रवासी नेपालीको लागि इन्जिनियर तथा राजनितिक विश्लेषक दिपेन्द्र कंडेल, मुम्बईमा अनवरत समाज सेवा गर्दै आउनु भएका बेदकोट सहकारी संस्थाका कोषाध्यक्ष टंक भण्डारी र समाजसेवी सागर भण्डारी सँगको समन्वयमा मुम्बईको मानखुर्द स्थित नेपाली झुपडीबस्तीमा राहत वितरण गरिएको हो ।

समाजका अर्का संस्थापक सवइन्जिनियर प्रेम बाब्लीका अनुसार समाज सेवी ज्योती बाब्ली र बाब्ली एकता समाजका अध्यक्ष रंगनाथ बाब्ली, उपाध्यक्ष मानसिङ बाब्लीले परोपकारी मन सागर भण्डारी र टंक भण्डारीलाई सहयोगको लागि धन्यवाद दिएका छन् ।