मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो


नेपालमा थप ९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या तीन सय ४ पुगेको छ।