मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १ हजार २ सय ७० जनाको कोरोना परिक्षण

अछाममा १ हजार २ सय ७० जनाको कोरोना परिक्षण


गीता कुँवर, अछाम

अछाममा १ हजार २ सय ७० जनाको कोरोना भाईरसको परिक्षण गरिएको छ । हालसम्म जिल्लामा २ सय ६९ जनाको पिसिआर र १ हजार एक जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत कोरोनाको परिक्षण गरिएको हो ।

पिसिआर गरिएको मध्ये २ सय ६३ जनाको रिर्पाेट नेगेटिभ आएको र बाँकी ३ जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । आरडिटी गरिएकोमा एक हजारको रिर्पाेट नेगेटिभ आएको र एकजनाको पोजेटिभ देखाएपछि पिसिआर गरिएकोमा रिर्पाेट नेगेटिभ आएको थियो ।

जोशीका अनुसार जिल्लामा आरडिटीका लागी किट अभावका कारण केहि दिन परिक्षण कार्य राकिएको थियो । आईतवार हिजो मात्र प्रदेशबाट २ सय ४० किट आईपुगेको उनले जानकारी दिए ।

क्वारेन्टाईमा बसेकाहरुको परिक्षण गर्न तत्काल आवश्यक रहेकोले जुन स्थानीय तहमा क्वारेन्टाईनमा बसेका छन् त्यहा परिक्षणका लागी किट पठाएको जोशीले बताए । उनले भने ‘यति किट प्रयाप्त हुदैन, क्वारेन्टाईनमा बसेकाहरुको परिक्षण पहिला गरिने छ सोहि अनुसार सम्बन्धीत स्थानीयतहमा किट पठाएको छौ ।’

स्थानीयतहरुको तंथाक अनुसार जिल्लामा चैत १ गते यता ३ हजार ३ सय २१ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएका छन् ।