मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिदयालय हैन होटेललाई क्वारेन्टाईन बनाईनु पर्छः केन्द्रीय सदस्य तिमिल्सैना

बिदयालय हैन होटेललाई क्वारेन्टाईन बनाईनु पर्छः केन्द्रीय सदस्य तिमिल्सैना


कमल रावल, अछाम

जनता समाजवादी पार्टि नेपालका केन्द्रिय सदस्य पवित्रा तिमिल्सैनाले सरकारले नेपालका होटेललाई क्वारेन्टाईनका लागि प्रयोग गर्नुपर्ने बताउनु भएको छ । देशभर क्वारेन्टाईनको रुपमा प्रयोग भएका विद्यालय क्वारेन्टाईनका लागि कुनै मापदण्ड अनुसार नरेहेका नभएका गुनासो गर्नु भएको छ ।

विद्यालयको विद्यार्थि बस्ने बेञ्चलाई क्वारेन्टाईनको बेड बनाएर पिडामा परेका नागरिकलाई पिडा दिनु बाहेक केही नभएको बताउनु भयो । रेडियो रामारोशनको टेलिफोन संवाद कार्यक्रम कोरोनाभाईरसको जोखिमबाट सबै बचौँ कार्यक्रममा बोल्दै सामुहीक रुपमा नभई एकल क्वारेन्टाईन बनाएर ब्याबस्थापन गर्न आग्रह गर्नु भयो ।

विद्यालयका क्वारेन्टाईनमा मापदण्ड पनि नहुने आवश्यक चेकजाँच, सुरक्षा प्रबन्ध सहीत सरसफाईको समेत कुनै ब्याबस्था नभएको बताउनु भयो । लकडाउनका कारण बन्द भएका हरेक प्रदेशका ठुला ठुला होटललाई संञ्चालन गरि क्वारेन्टाईनका रुपमा अहीले प्रयोग गर्नु पर्ने उहाँको आग्रह रहेको थियो ।

भारत लगाएत तेस्रो मुलकमा अलपत्र परेका नागरिकको उद्धार गरि ल्याउनु पर्ने सरकारको दायित्व भएको बताउनु भयो । सिमानाका लगाएत जुन जुुन ठाउमा नेपाली नागरिक अलपत्र छन सबैलाई ल्याएर क्वारेन्टाईनमा राख्नु पर्ने उहाँको भनाई रहेको थियो ।