मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो

सुदूर आज

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बर्दियामा तीन, अछाम घर भएका हाल सेती अस्पतालको आइशोलेशनमा रहेका ३२ बर्सिया १ पुरुष र पर्सामा एक/एक जना तथा काठमाडौं घर भई बारामा कार्यरत एक जना संक्रमित थपिएका छन्।

नेपालमा सोमबार मात्रै  ७८ नयाँ संक्रमित फेला परेका छन् भने कुल संक्रमितको संख्या ६८२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा आइसोलेसनमा रहेका संक्रमितहरु प्रदेश नं १ मा ६० जना, प्रदेश नं २ मा २ सय १ जना, बागमतीमा २६ जना, गण्डकीमा ३ जना, प्रदेश नं ५ मा २ सय ५६, कर्णालीमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन्।

पीसीआर विधिबाट आजसम्म ५१ हजार ६ सय ४२ नमुनाहरु परीक्षण भएका छन्। त्यस्तै सोमबार सम्म क्वारेन्टाइनमा रहेकाको संख्या ४६ हजार २९ रहेको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ।