मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन भित्रीएका ५८ जनालाई नगरका विभिन्न वडाका क्वारेन्टाइनमा राखियाे

मंगलसेन भित्रीएका ५८ जनालाई नगरका विभिन्न वडाका क्वारेन्टाइनमा राखियाे

सुदूर आज

फाइल फोटो

हाेम साउद, अछाम ।

काेराेना संक्रमणकाे सम्भावित जाेखिमलाई मध्यनजर गर्दै मंगलसेन नगरपालिकाले ५८ जनालाई क्वारेन्टाइनमा राखेकाे छ । जेठ ५ देखि १२ गतेसम्म भारत लगायत काठमाडौं र कैलालीबाट अाएकाहरुलाई सम्वन्धित वडामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हाे ।

नगरपालिकाले यस अघिनै प्रत्येक वडामा आधारभुत पुर्वाधार भएका विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेकाे र आवश्यक ब्यवस्थापन गरेर बाहिरबाट अाउनेहरुलाई सुरक्षित राख्ने गरेकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर साेडारिले बताए।

साेडारिका अनुसार वडानम्वर ३ काे दय क्वारेन्टाइनमा ६ जना, अछाम बहुमुखी क्याम्पसमा १ जना, कृषि ज्ञान केन्द्रकाे भवनमा ५ जना, वडानम्वर ६ काे मालिका अाधारभुत विद्यालयकाे क्वारेन्टाइन २ जना, वडानम्वर ३ काे शिवनिवास अाधारभुत विद्यालयमा २३ जनालाई एकान्तबास राखिएको छ ।

यस्तै वडानम्वर ११ काे सरस्वती प्राविमा ८ जना, वडानम्वर ९ काे मंगला माविमा ५ जना, वडानम्वर १० काे कालिका माविमा ४ जना, वडानम्वर १२ काे कालिका प्राविमा १ जना र वडानम्वर १४ काे अन्नपूर्ण माविमा ३ जनालाई एकान्तवासमा राखिएको उहाले बताए ।

क्वारेन्टाइनमा बस्नेहरुका लागि खान, बस्न, लगायतका अाधारभूत कुराकाे ब्यवस्थापन नगरपालिकाले गरेको छ । भारतका विभिन्न सहरहरुमा अलपत्र परेका नगरपालिका भित्रका नागरिकहरुलाई उद्दार गरि नगरपालिकाले १४ वटै वडामा क्वारेन्टाइन बनाएर राख्ने ब्याव्था मिलाएकाे छ । याे अवधिमा ३ हजारभन्दा बढि नागरिकहरु भारतबाट अाउने अाकल गरेर त्यस अनुसारको ब्यवस्थापन गरिरहेकाे नगरप्रमुख पदमबहादुर बाेहराले बताए।

काेराेनाबाट अाफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नका लागि सरकारले ताेकेकाे मापदण्डअनुसार एकान्तवासमा बस्न बाेहराले अाग्रह गरे । यस्तै, मंगलसेन नगरपालिका वडानम्वर ४ काे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

वडा अध्यक्ष पदम बहादुर धामिकाे अध्यक्षतामा भएको बैठकले राधा माविलाई ८६ बेडकाे क्वारेन्टाइन बनाएकाे छ । क्वारेन्टाइन ब्यावस्थापनका लागि २ जना स्वयंसेवक समेत छनाेट गरिएको छ । यस्तै बैठकले क्वारेन्टाइन अावश्यक सामानकाे लागि नगरपालिकामा अनुराेध गर्ने निर्णय गरिएकाे नगरपालिकाका स्टाेरकिपर नरेशबहादुर कठायतले बताए।