मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनमा पनि कम छैन रोपाँईको रौनक (फोटो फिचर सहित)

लकडाउनमा पनि कम छैन रोपाँईको रौनक (फोटो फिचर सहित)


पूर्ण बहादुर खड्का, अछाम ।

अछाम जिल्लामा यति बेला कृषकहरु आफ्नो खेतबारीमा रोपाईमा बस्त भएका छन् । पानी लाग्ने र बेसी तिरका खेलबारीमा लगभग रोपाई सकिएका छन् भने बेसी भन्दा माथि तिरका खेतहरुमा रोपाई सुरु भएका छन् ।

देश अहिले कोरोना भाईरस (कोभिड–१९) का कारण लकडाउनको अवस्थामा छ । लकडाउनले शहर बजार सुनसान भएपनि गाँउघरको खेतबारीमा रोपाँईको रौनकको चहलपहल उस्तै छ ।

बर्खे खेतीपातीको समय भएकाले गाउँघरका खेतीबारीमा स्थानियकोचहलपहल बढेको छ । हिउँदे खेती भित्रयाएका किसानहरु अहिले रोपाई गर्न व्यस्त छन् ।

अछामका अधिकांश बेसी तिरका भुभागमा बैशाखको अन्तिम साताबाट नै अछाममा रोपाईको चटारो सुरु हुन्छ । मानो रोपेर मुरी उब्जाउने समय यहि भएको अछामका किसानहरु बताउछन् । जिल्लाको साँफेबगर लगायत सिँचाई सुबिधा पुगेका बेसी तिरका ठाउमा बैशाखको अन्तिमबाट नै रोपाई सकिए पनि माथिल्लो भागका खेतबारीमा रोपाँएको रौनक कायमै छ ।

कृषि ज्ञान केन्द्र अछामका अनुसार जिल्लामा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिन्छ । जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ ।

तस्बिर सौजन्य : पुजा बुढा