मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंका क्रिकेट टिमको प्रशिक्षण सुरु

श्रीलंका क्रिकेट टिमको प्रशिक्षण सुरु


एजेन्सी । श्रीलंका क्रिकेट टोलीको प्रशिक्षण सुरु भएको । श्रीलंका क्रिकेट संघले सोमबारदेखि टोली प्रशिक्षणमा फर्किएको घोषणा गरेको हो । 

पहिलो चरणमा टोलीका १३ सदस्यले घरेलु आवासीय ट्रेनिङ क्यम्प कोलम्बो क्रिकेट मैदानमा प्रशिक्षणका लागि सहभागिता जनाउनेछन् । जसमा सबै राष्ट्रिय टोलीमा बलरको सहभागिता रहने संघले जनाएको छ । 

फिटनेसबाट सुरु हुने पहिलो चरणको प्रशिक्षणको एक दिन होटेलभित्र प्रशिक्षण गरिने रिपोर्टमा उल्लेख छ । त्यसपछि दोस्रो दिनबाट मात्र खेलाडीलाई मैदानमा उतार्ने योजना बनाएको संघले जनाएको छ । 

यस प्रशिक्षणका क्रममाः प्रशिक्षकसहित चार सदस्यीय टोलीको समूह बनाइनेछ । सरकारको स्वास्थ्य निर्देशनको पालना गर्दै १२ दिनको प्रशिक्षण क्याम्प सुरु गरेको संघले विज्ञाप्तिमार्फत् जनाएको छ ।

क्रिकेटमा उच्च जोखिम आउने भएकाले आवासीय प्रशिक्षण राखेको संघले जनाएको छ ।