मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्साइयो

दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्साइयो

सुदूर आज

काठमाडौं- तत्कालिन राजा विरेन्द्रको वंशनास हुने गरि भएको दरबार हत्याकाण्डको रहस्य अझैपनि गर्भमै छ । कहाली लाग्दो हत्याकाण्डको १८ वर्ष बितिसक्दा समेत यसको यथार्थ बाहिर आउन सकेको छैन् ।

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त घट्ना कसले गर्‍यो भन्ने बिषय अझै रहस्यमै छ ।

२०५८ जेठ १९ शुक्रबारका दिन भएको उक्त घटनाको छानविन गर्न तत्कालिन समयमा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा एउटा आयोग गठन गरिएको थियो । त्यसपछि यस सम्बन्धमा थप जाँचबुझ र छानविन गर्न सम्म कुनै समिति बनेको छैन् । उक्त समितिले राजपरिवारका केहि सदस्यहरुसँग बयान लिएको थियो । त्यसमध्येकी एक थिइन् पूर्व युवराज्ञी हिमानी शाह । उनले बयानमा आफूमाथि पनि बन्दुक तेर्साइएको तर भाग्यले बाच्न सफल भएको बताएकी छिन् ।

बयान यस्तो थियो–

समितिः त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्‍यौ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ । हिमानीः डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियौ । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठुलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन् ।

तर, ठुलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो । अनि….अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ …त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै ।- नेपाल समय