मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नजिक

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नजिक


नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) २२६ जना थपिएपछि संक्रमितको संख्या १७९८ पुगेको हो।

यीमध्ये ८ जनाको मृत्यु भएको छ भने २२१ जना संक्रमण मुक्त भएका छन्।

अहिलेसम्म देशभर ७१ हजार ९ सय ६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

अहिले देशभर १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा छन्। त्यसैगरी विभिन्न अस्पतालमा १ हजार ५ सय ६९ जना आइसोलेसनमा छन्।