मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलो पटक एक जनामा कोरोना संक्रमणको पुष्टी

अछाममा पहिलो पटक एक जनामा कोरोना संक्रमणको पुष्टी


पूर्ण बहादुर खड्का, अछाम ।

अछाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको चौरपाटी गाँउपालिकाका ३३ बर्षिय पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ति पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको अस्पतालले जनाएको छ ।

अछामबाट श्वाब संकलन गरि धनगढी पठाईएका ति पूरुषमा कोरोनाको संक्रमण देखिएको हो ।

सेती अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले टेलिफोन मार्फत दिएको जानकारी अनुसार चौरपाटी २ का ३३ बर्षिय पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टी गरे ।

सोकटको क्वारेन्टाइनमा रहेका १८ जनाको स्वाब संकलन गरि धनगढी पठाएकोमा १ जनाको रिपोर्ट पोजिटिभ र अरु १७ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

संक्रमण देखिएका ति पुरुषलाई चौरपाटीबाट जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी भईरहेको बताईएको छ । यसघि मेल्लेख गाउँपालिकाका ३२ बर्सिय पुरुषमा धनगढीमा कोरोना संक्रमणको पुस्टि भएको थियो।

जेठ १२ गते भारतबाट आएका १९ जना संगै रहेका ति पुरुषमा संक्रमण देखेएको हो।