मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकैदिन २ जनामा कोरोनाको संक्रमण

अछाममा एकैदिन २ जनामा कोरोनाको संक्रमण


पूर्ण बहादुर खड्का, अछाम –

अछाम जिल्लामा एकैदिन सोमबार दुई जनामा कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । दुबै जना जिल्लाको चौरपाटी गाँउपालिकाका रहेका छन् । संक्रमण देखिएका वडा नं. २ का ३१ र ३३ बर्षिया पुरुष रहेका छन् ।

अछाम घर भई जिल्ला बाहिर रहेकोमा संक्रमण देखिएमा पनि जिल्ला भित्रै कोरोनाको संक्रमण देखिएको यो पहिलो पटक हो । पहिलो पटक नै जिल्लामा दुइृ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

जिल्लाको चौरपाटी गाउँपालिकाको वडा नम्बर २ सोकटको क्वारेन्टाइनमा रहेका ३३ बर्षिया पुरुषमा संक्रमण देखिएको हो । जेठ १२ गते उनी भारतको मुम्बैबाट अछाम आइपुगेका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणका क्रममा रिर्पोट पोजिटिभ आएको थियो ।

उनीसँगै आएका अन्य १८ जना पनि क्वारेन्टाइनमा बसीरहेका छन् भने उनीहरु सबै १८ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

यस्तै चौरपाटी गाँउपालिका वडा नंं. २ कै अर्को ३१ बर्षिय पुरुषमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको हो । उनी पनि जेठ ९ गते भारतबाटै आएका उनको स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा ल्याईएकोमा उनीमा डेंगुको संक्रमण देखिएको थियो । डेंगु देखिएपछि उनलाई थप उपचारको लागि धनगढी रेफर गरिएको थियो भने रेफर गर्नु पहिले उनको दुई दिन अघि मात्रै स्वाव परिक्षणको लागि सुर्खेत पठाएकोमा प्राप्त रिर्पोट अनुसार संक्रमण देखिएको हो ।

उनको बयालपाटा अस्पतालमै कोरोना परिक्षणको लागि स्वाब संकलन गरि सुर्खेत पठाईएको थियो । यसअघि अछाम घर भई भारतबाट आएका अन्य दुई जनामा धनगढीमा परिक्षणका क्रममा कोरोना भेटिएको थियो । उनीहरु दुबै जिल्लाको मेल्लेखका एकै घरका बुबाछोरी हुन् ।

जिल्लामै पहिलो पटक कोरोनाका बिरामी फेला परेपछि थप सर्तकता अपनाउनेगरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।