मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३ सय नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३ सय नाघ्यो


भारत –

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले दुई सय जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमितको कुल संख्या एक लाख ९८ हजार ३७० पुगेको छ।

यीमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् भने ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन्। ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ।

लामो समयको लकडाउनलाई भारतले हिजो (सोमबार) देखि खुकुलो बनाउँदै लगेको छ।