मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखका ८ र मंगलसेनका १ गरी अछामका ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ११ पुग्यो

मेल्लेखका ८ र मंगलसेनका १ गरी अछामका ९ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ११ पुग्यो


कमल रावल, अछाम

अछाम जिल्लाका थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको क्वारेन्टाईनमा बसिरहेका मेल्लेख गाउपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ बर्षका पुरुष र २७ बर्षिय महिलामा कोरोना भाईरस संक्रमण पुुष्टि भएको छ ।

यस्तै मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय युवामा पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जोशिले जानकारी दिए ।

सुर्खेतको प्रयोगशालामा अछामबाट ३० जनाको पठाईएकोमा हिजोका १ जना र आजका ९ जना गरि १० जना पुष्टि भएको छ भने धनगढीको प्रयोगशालाबाट पनि १ जनामा पुष्टि भएको थियो ।

अछाम मेल्लेख गाउपालिका ८, चौरपाटि गाउपालिकमा २ र मंगलसेनमा १ जना गरि जम्मा संक्रमितको संख्या ११ पुगेको छ ।