मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२८८ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९

२८८ जना थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९


काठमाडौँ – नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष।

संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको छ। 

योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ। हालसम्म पीसीआर विधिबाट ७५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४४० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ जनाको परीक्षण भएको छ।

अहिले देशभर १ लाख ४५ हजार ३७५ जना क्वारेन्टिनमा छन्। क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्। त्यसैगरी देशका विभिन्न अस्पतालमा १ हजार ८२५ जना आइसोलेसनमा छन्। जना कोरोना संक्रमणबाट २६६ जना मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।