मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदासीन प्रदेश सरकार, अस्त ब्यस्त क्वारेन्टाइन स्थल

उदासीन प्रदेश सरकार, अस्त ब्यस्त क्वारेन्टाइन स्थल


राजेन्द्र कुवर ।

अहिले विश्वभरी कोरना भाइरसको कारण आक्रान्त भएको समयमा सुदुरपश्चिम प्रदेश सरकार उदासीन देखिन्छ भने स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन स्थलको उचित ब्यबस्थापन गर्न नसकिदा अस्त ब्यस्त देखिएका छन । स्थानीय तहले सामुदायिक बिधालयमा निर्माण गरेका क्वारेन्टाइन स्थलमा राम्रो भौतिक पुर्बाधारको अभावका साथै खानेपानी र ब्यबस्थित सौचालयको समेत उचित ब्यबस्था नभएको जनगुनासो सर्बत्र सुनिएकै छ ।

सामुहिक सौचालय र धारा प्रयोगले गर्दा क्वारेन्टाइनमा कोरना भाइरसको संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेकाले सरोकारवालाको छलफलमा पटकपटक कुरा उठाउदा पनि काम भैरहेको छैन । सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा देशका विभिन्न जिल्ला र भारत लगाएत अन्य मुलुकबाट रोजगारी र अध्यायन गरेर गाउँ फर्किनेको निकै ठुलो ताती लागेको छ । हजारौंको संख्यामा बिदेशिएका हरु अहिले गाउँ फर्केका छन ।

गाउँमा बिदेशिएका युवा जनशक्ति फर्कदा हर्ष उल्लासको बाताबरण हुनु पर्नेमा झनै डर त्रसले पुरै बस्ती नै आतंकित बनिरहेको छ । स्थानीय तहले विभिन्न वडामा रहेका क्वारेन्टाइन स्थल नजिकै देश बिदेश बाट आएका नागरिकलाई पुग्न सजिलो होस भनेर सडकको स्तरउन्न्ति गरेर बस सेवा संचालन गरिरहेको छ । कुनै समयमा सुदुरपश्चिम प्रदेशका दुर्गम बस्तीमा बस पुग्दा चालक र गाडीलाई फुलमाला र अबिरले स्वागत गर्ने नागरिकहरु भने अहिले कोरना भाइरसको संक्रमणको त्रासले भागाभाग गरिरहेका छन ।

बिगतको बर्षमा बिदेश तथा भारत बाट ( मुम्बई वाला) गाउमा आउदा निकै सम्मान हुने गरेको भए पनि अहिले कोहि नयाँ मानिस गाउँमा आयो भने डर त्रासले भयभीत भएको सजिलैसँग अनुमान गर्न सकिन्छ । गाउघरमा अहिले महिला तथा बालबालिका गाउमा यात्रु बाहक बस आउदा कोरना भाइरस आयो भनेर डरले थर्कमान भैरहेका छन ।परिवारको सुन्दर सपना पूरा गर्नका लागि धन कमाउन बिदेश गएकाहरुले धन मात्रै ल्याएन संगै विभिन्न समयमा रोगी पनि क्याउने गरेको गुनासो पनि उतिकै छ ।

बिदेश (मुम्बई वाला)ले कमाएर धन मात्रै ल्याएन धेरै समय पहिला क्षयरोग ( टि बि ) त्यस पछि एच आइ भि एडस र अहिले कोरनाको संक्रमणले गाउमा डढेलो लगाएर सखाप पार्न लागेकोमा सबै सरोकारवाला चिन्तित बनेका छन । यस्तो चुनौतीपूर्ण समयमा सुदुरपश्चिम प्रदेशमा घरमा फर्केका युवा जनशक्तिले आफ्नो प्रदेश सरकार संग ठुलो आस भरोसा गरेको थियोे ।

प्रदेश सरकारले धनगढीमा सुबिधा सप्पन्न क्वारेन्टाइन आइसुलेशन निर्माण गरेर आर डि टि भिसिआर परिक्षण गरेर जनताको सरकारको साच्चिकै अनुभुती हुने काम गरोस भनेर घरमा फर्केका सचेत युवा र स्थानीय तहका जनप्रतिनिधि सोचिरहेको समयमा त्यसको बिपरित सिधै स्थानीय तहको सम्पर्कमा बर्सौ देखि प्रदेश बसेका नागरिक पुगेका छन । कोरना भाइसको महामारिले आम नागरिक आक्रान्त भएको समयमा प्रदेश सरकार उदासीन र मुखदर्शक भै रहदा संघीय संरचनाको समेत औचित्य माथी अहिले चारै तिर प्रश्न उठिरहेको छ । जनताको सेवा र भावनामा समर्पित प्रदेश सरकारको खोजीमा छन सुदुरपश्चिम बासी आम नागरिक ।

सुदुरपश्चिम प्रदेश सरकारले आफ्नो काम गर्ने शैलीमा व्यापक परिवर्तन गरि जनताको मतदान बाट निर्बाचित भएको आफुले महसुस गरेर अधिकांस जनताको मन छुने गरि काम गर्न जरुरी देखिन्छ ।

लेखक कुवर प्रेस संगठन नेपालका केन्द्रिय सदस्य हुन् ।