मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसी र सरकारको काममा केन्द्रित हुने

नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसी र सरकारको काममा केन्द्रित हुने


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सुरु गर्न लागिएको बैठकले एमसीसीबारे टुङ्गो लगाउने स्थायी कमिटी सदस्यले जानकारी दिए ।

असार १६ गतेदेखि एमसीसी लागु गर्नुपर्ने भएकाले टुङ्ग्याउनै पर्ने दबाबमा नेकपा छ । बेदुराम भुसाल यसअघि थाति रहेका विषय नै बैठकको कार्यसूची हुने बताउँछन् ।

बैठकको कार्यसूची तय गर्न मङ्गलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) छलफलमा बसेका थिए । त्यहाँ राजनीतिक दस्ताबेज र अजेन्डा तय गर्नेभन्दा पनि बैठकका बारेमा मात्रै कुराकानी भएको बालुवाटार स्रोत बताउँछ ।

स्थायी कमिटी सदस्य भुसालले बैठकले २०७६ पुस यताको सरकार र पार्टी कामको समीक्षा गरिने बताए । यस्तै अध्यादेश प्रकरणपछि २० जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेर बुझाएका मागका सन्दर्भमा पनि स्थायी कमिटीमा छलफल हुने उनले बताए ।

८ वैशाखमा ल्याएको अध्यादेश १२ वैशाखमा फिर्ता भए पनि गलत अभ्यासबारे समीक्षा हुनुपर्ने र आत्मआलोचित हुनुपर्ने उनीहरूको मत छ ।