मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन भण्डारीको ६९ औं जन्मजयन्ती अछममा पनि मनाईयो

मदन भण्डारीको ६९ औं जन्मजयन्ती अछममा पनि मनाईयो



अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछाम ले जननेता स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाएको छ । जिल्ला पार्टी कार्यालय मंगलसेनमा स्वर्गीय भण्डारीको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरिएको हो ।

भौतीक दुरी कायम गर्दै सम्पन्न कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख एवं नेकपा अछामका जिल्ला कार्यालय सदस्य पदम बहादुर बोहरा प्रमुख अतिथी रहनुभएको थियो भने कार्यलय सदस्य लोक बहादुर बोगटी, जिल्ला सचिवालय सदस्य भिम जनाला, जंग बि क, कार्यालय सचिव नमराज न्यौपाने, सहससचिव शिब बोगटी, जिल्ला कमिटी सदस्य रामराज नाथ, भिम राना लगायतको सहभागिता रहेको थियो ।

सहभागी पार्टी नेता तथा कार्यकर्ताले स्वर्गीय नेता भण्डारी प्रति श्रद्धान्जली व्यक्त गर्दै जनताको बहुदलीय जनवादको सान्दर्भीकताका सन्र्दभमा धारणा राखेका थिए ।