बिबिध

विश्वमा कोरोनाले मृ’त्यु हुनेको संख्या ६ लाख ५० हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ५० हजार ८०५ जनाको मृत्यु भएको छ । 

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।  चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । 

यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । 

दक्षिण अफ्रिकामा मात्रै दैनिक १४ हजारसम्म कोरोना संक्रमित थपिन थालेका तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
आज विश्व एड्स दिवस मनाईँदै
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय
मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का