मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयले आफुलाई दिने सम्मान अर्कैलाई दिएपछि अभिभावकद्धारा आपत्ती

विद्यालयले आफुलाई दिने सम्मान अर्कैलाई दिएपछि अभिभावकद्धारा आपत्ती


अछाम – सरस्वती माध्यामिक विदयालय जयगढका अभिभावक पुर्ण बहादुर सेट्टीले विद्यालयले उत्कृष्ट अभिभावक सम्मान गरेको प्रति आपत्ती जनाउनु भएको छ । विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा बसेको बैठकले आफ्नो नाम उत्कृष्ट अभिभावकको रुपमा नाम छनोट गर्दा पनि ब्याबस्थापना समितीले काटेर अर्कै अभिभावक नाम छनोट गरेर विभेद गरेको बताए ।

विभेद पुर्ण तरिकारले आफु अनुकुल विदयालय ब्याबस्थापन समितीले नाम राखेको प्रति खेद प्रकट गर्दै आगामि दिनमा यस्ता कार्य नगर्न बिज्ञप्ती मार्फत सेट्टीले आग्रह गर्नु भएको छ । त्यसअघि वाक नेपाल अछामको कार्यक्षेत्र भित्र पर्ने विद्यालयको उत्कृष्ट छात्र र उत्कृष्ट अभिभावक सम्मान गर्ने निर्णय भएबमोजिम विदयालय प्रशासनको साउन २० गतेको बैठकले निर्णय सहीत छात्र तर्फ अर्जुन ठकुल्ला र अभिभावक तर्फ सेट्टीलाई छनोट सहीत निर्णय गरेको थियो ।

तर विदयालय ब्याबस्थापन समितीको साउन २१ गते बसेकोे बैठकले अर्कै अभिभावकलाई छनोट गरेर सम्मान गरेको थियो । यस बिषयमा विदयालयका प्रधानाध्यापक टेक बहादुर कुवरसँग जानकारी लिदा सबै कुरा अभिभावकलाई जानकारी नहुने भएकाले प्रशासनबाट ब्याबस्थापन समितीलाई सिफारिस हुने गरेको बताए ।

प्रशासनले सिफारिस गर्नु पर्ने ठाउमा निर्णय गरेकाले केही गल्ती भएको तर प्रशासन भन्दा सबै जिम्मा ब्याबस्थापन समितीको भएकाले समितीले अर्कै अभिभावक सम्मानका लागि छनोट गरेको हुनसक्ने प्रतिक्रिया दिनु भएको छ । बिद्यालय ब्याबस्थापन समितीको बैठकले साउन २१ गते अर्का अभिभावकको नाम अनुमोदन गरेर साउन २८ गते उत्कृष्ट छात्र र अभिभावकलाई सम्मान गरिसकेको छ ।

यस बिषयमा विदयालय ब्याबस्थापन समिती अध्यक्ष टेक बहादुर साउदसँग जानकारी लिदा सम्मान गर्ने निर्णय विदयालय प्रशासनको नभएर ब्याबस्थापन समितीको अन्तिम हुने बताए। शिक्षकले गरेको निर्णय समेत ब्याबस्थापन समितीमा जानकारी नभएको र ब्याबस्थापन समितीका अधिकाश सदस्यको भनाई अभिभावकको जिम्मेवारी, लगनशिलता लगाएत हेर्दा अर्का अभिभावक सम्मानीत भएका जानकारी दिनु भयो ।

अर्को विदयालयका प्रधानाध्यापकको सहभागितामा भएको साउन २० गतेको लिखित निर्णय समेत ब्याबस्थापन समितीलाई जानकारी नै नभएको बताउनु भयो ।