मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री थापाले बाजुरा पुगेर बाढी पीडितलाई राहत वितरण गरे

गृहमन्त्री थापाले बाजुरा पुगेर बाढी पीडितलाई राहत वितरण गरे


बाजुरा: बाजुरामा साउनको अन्तिम साता अर्थात् २५ गते रातिको अविरल वर्षाका कारण गएको बाढी र पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ।

गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिराबाट प्रभावित गौमुल गाउँपालिका–सिमका ५० परिवार र बडीमालिका नगरपालिकाका–२ घागरका ७५ परिवारलाई राहत वितरण गरेका हुन। बाढी र पहिराबाट विस्थापित भएका १०० बढी परिवारलाई खाद्यान्नसहित अन्य सामग्री  वितरण गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। 

उनकाअनुसार गौमुल गाउँपालिका–२ सिमका ५० परिवारलाई बाल्टिन, अन्य भाडाकुँडा, खाद्यान्नलगायत सामग्री नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो पीडितलाई वितरण गरिएको छ। मन्त्री थापासँग प्रतिनिधिसभाका बाजुरा सदस्य लालबहादुर थापा, पूर्वउद्योगमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलगायतले बाढी पीडितलाई प्रत्यक्ष गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए। 

बाढी पहिराको अनुगमन
सङ्घीय सरकारका गृहमन्त्री थापाले बाजुरामा साउन २५ गते राति आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँमा बाढी र पहिराले पु¥याएको क्षतिमा अनुगमन गरेका छन्। आज मन्त्री थापाले नेपाली सेनाको हेलिकप्टर गौमसल गाउँपालिका–२ सिम, बडीमालिका नगरपालिका–२ घागर र बुढीगङ्गा नगरपालिका २ र ३ को ताप्रीसेराको अवस्थाबारे जानकारी लिएका छन्। – रासस