मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिद्यार्थि सिकाई लक्षित रेडियो कक्षा प्रभाबकारी बन्दै

बिद्यार्थि सिकाई लक्षित रेडियो कक्षा प्रभाबकारी बन्दै


अछाम – मंगलसेन नगरपालिका वडा नम्बर ६ का तपेन्द्र भण्डारी कक्षा १० अध्ययनरत छन । कोरोनाभाईरसको जोखिम तथा संक्रमण दिनदिनै बढिरहे पछि विदयालप पुर्ण रुपमा बन्द भएपछि निकै चिन्तामा थिए । विदयालबाट नियमित पढ्नु पर्ने किताब समेत लिईसकेका तपेन्द्र केही असहज क्रियाकलाप गर्न निकै समस्या भोगि रहेपछि उनलाई सहजता रेडियोबाट संञ्चालन हुने कार्यक्रमले ल्याएको थियो । रेडियो रामारोशन एफएम ९२ मेगाहर्जमा नियमित रुपमा चल्दै आएको कक्षा उनले नियमित सुन्दै आएका छन ।

कक्षा ६ देखि १० कक्षा सम्म बिहान १० देखि ११ बजेसम्म र बेलुकी सवा ८ बजेबाट राति सवा १० बजेको अवधिसम्म पुरै कक्षा सुनेर विदयालयमा गए जसरी नै सुनेर आफ्नो पढाई गरिरहेका छन । तपेन्द्र जस्ता हरेक विद्यार्थि आफ्ना नियमित कक्षा रेडियोबाट संञ्चालन भएपछि दिनदिनै रेडियोमा कक्षा आउने बित्तिकै विद्यार्थि कापि, कलम, किताब सहीत पढन लेख्नका लागि तयार भएर बस्ने गर्दछन, नियमीत रेडियो कक्षा सुन्दै अध्ययन गर्दै आएको बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नाका विद्यार्थि पुजा शाहले बताईन । बिहान र बेलुकी नियमित सुनेर सहजता आएपनि तत्काल शिक्षकसँग टेलिफोन गरेर आफ्ना पढाईका समस्या राख्न सकिए झनै राम्रो हुने सुझाब पनि उहाँले दिनु भयो ।

मंगलसेन नगरपालिका र नेपाल सुरक्षित बिदयालय परियोजना ल्क्क्ए को आर्थिक सहयोगमा कक्षा ९ र १० को बिहान १० बजे देखि ११ बजे सम्म र कक्षा ६, ७ र ८ को बेलुकी सवा ८ बजे देखि सवा १० बजेसम्म रेडियो रामारोशनमा नियमित प्रशारण हुदै आईरहेको छ । देशभर पुर्ण रुपमा विदयालय ठप्प भएको अबस्थामा सबै शिक्षा बिदहरुले विद्यार्थिका लागि वैकल्पिक कक्षाको उपाय रेडियो कक्षा पहाडी जिल्लामा निकै प्रभाबकारी भईरहेको बताउनु भयो । यतिबेला हरेक विद्यार्थिलाई भेटेर सुनेर फाईदा लिनु भनेर भन्न नसकेपनि टेलिफोनको माध्यामबाट कल नै गरेर रेडियोबाट कक्षा सुन्न भनिरहेको गँगा माध्यामिक विदयालप मंगलसेन ६ का प्रधानाध्यापक मोतीराम भण्डारीले बताउनु भयो ।

रेडियोमा चलिरहेको कक्षा अझै निरन्तरता दिनुपर्ने पनि सुझाब दिए । कोरोनाभाईरसको संक्रमण तथा जोखिम कम हुदै गएपछि अधिकाँशले भदौबाट शैक्षिक सत्र सुरु हुने आशा गरेका थिए, तर दिन दिनै संक्रमण बढेसँगै जोखिम बढिरहेकाले अब घरमै बसेर पढनु बाहेक अरु विकल्प अभिभावक, शिक्षक र विद्यार्थिले सोचेका छैनन, आफ्ना नानी बाबुलाई नियमित सुन्न अभिप्रेरित अभिभावकले समेत गरिरहेका छन । रेडियो कक्षा आउने बित्तिकै आफना बालबालिकालाई सुन्न लगाउने गरेको मेल्लेख गाउपालिका ३ ठाँटीका अभिभावक जनकला देवि चदाराले बताईन ।

कोरोनाभाईरसले गर्दा सबैभन्दा मार शिक्षा क्षेत्रमा परिरहेको छ, हाम्रो जस्तो पहाडी जिल्ला अनलाईन कक्षा भन्दा रेडियोबाट संञ्चालन हुने कक्षा निकै प्रभाबकारी हुदै गएको छ, अझै गाउ गाउ स्तरमा रेडियोबाट संञ्चालन हुने कक्षा विद्यार्थि माझ पुरयाउनका लागि अभिभावक, शिक्षकले समेत जानकारी गराउन जरुरी छ ।

लेखक, रावल सुदूरआजका सह सम्पादक तथा रेडियो रामारोशन एफ एमका समाचार प्रमुख हुन्।