मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सहित ५ प्रदेशमा भारी बर्षाको सम्भावना

सुदूरपश्चिम सहित ५ प्रदेशमा भारी बर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

विभागले आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने वागमती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन सचेत गराएको छ ।