“वीपी कोईरालाले तय गरेको मार्गदर्शन देश र जनताका अहिले पनि उतिकै सान्दर्भिक : पुर्ब पार्टी सभापति शाह”
अछाम : नेपाल विद्यार्थी संघ अछामले जिल्ला अस्पताल अछामका बिरामी हरुलाइ फलफूल बितरण गरेको छ ।
जन नायक बिपि कोइरालाको १०७ औं जन्म जयन्तीको अवशरमा जिल्ला अस्पताल अछाममा भर्ना रहेका २९ जना बिरामीहरुलाई फलफूल बितरण गरिएको नेविसंघका नेता पुष्प बिष्टले जानकारी दिए ।
जिल्ला सहसचिव पुष्प बहादुर भण्डारीको सभापतित्वमा भएको फलफुल बितरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पाटी सभापति एवम् महासमिति सदस्य पुष्प बहादुर शाह रहनु भएको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले विपीको विचार र चिन्तन आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको बताए। विपीले नेपाली जनताकाको समृद्धि र स्वतन्त्रताको लागि डटेर ल्याएको प्रजातन्त्र माथि वर्तमान सरकारले हमला गर्ने संकेत देखा पारेकाले सचेत रहन सबै कांग्रेस नेता कार्याकर्तालाई अपिल समेत शाहले गरेका छन् । साथै उनले विपि जयन्तीको अवसरमा नेविसंघ अछामले गरेको रचनात्मक कार्यका लागि धन्यवाद समेत व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी, जिल्ला समन्वय समिति अछाम उपप्रमुख टोप बहादुर रावल, जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्ट, नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का सभापति डम्बर स्वार, मंगलसैन नगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुंगाना, जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना, नेपाल प्रेस युनियन अछामका सचीव सुशील भण्डारी, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकाेटका स्ववियु सभापति भीम कुवँर, पाेखरा विश्वविद्यालय समितिका अध्यक्ष सुशील कुवर, सिटिइभिटिका उपाध्यक्ष उमेश कुवँर, नेबिसंघ नेता अशाेेेक कुुुवर, बिमल कुुुुवर लगायतको उपस्तिथि रहेको थियोे । कार्यक्रमको संचालन सहसचिव बलराम बिष्टले गर्नु भएको थियोे ।




















प्रतिक्रिया