मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोभिड १९ खोप अभियान : पहिलो दिन बयालपाटा, जिल्ला अस्पताल र मंगलसेन नगरका स्वास्थ्यकर्मीलाई खोप लगाईदैँ

अछाममा कोभिड १९ खोप अभियान : पहिलो दिन बयालपाटा, जिल्ला अस्पताल र मंगलसेन नगरका स्वास्थ्यकर्मीलाई खोप लगाईदैँ


जिल्लामा पहिलो चरणमा १८ सय भन्दा बढीलाई कोभिड १९ को खोप लगाईने

अछाम । देशैभर एकसाथ सुरु हुन लागेको कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाउन अभियान अछाम जिल्लामा पनि आज सुरु हुने भएको छ । जिल्ला अस्पताल मंगलसेनबाट खोप अभियान सुरु हुन लागेको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताए ।

जस अन्र्तगत पहिलो दिन आज जिल्ला अस्पताल, बयालपाटा अस्पताल र मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर अभियान सुरु गर्न लागिएको ढुंगानाले बताए ।

दोश्रो दिन बान्नीगढी जयगढ गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका तथा तेश्रो दिन पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाँउपालिका र मेल्लेख गाँउपालिकाका अनर्तगतका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।

यस्तै चौथो दिन तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिक्तामा रोखका व्यक्तीहरुलाई खोप दिईने छ भने १८ गते छुटफुट रहेकाहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गरे अनुसार अछममा पनि सोही अनुसार खोप अभियान संचालन गरिने उनको भनाई छ । अछाम जिल्लामा पहिलो चरणमा १८ सय भन्दा बढीलाई खोप लगाईने छ ।

सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३३८ व्यक्तिलाई खोप दिइने बताइएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुरका सदुरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।

खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।