मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग कांग्रेसको माग


काठमाण्डाै – नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् ।

कांग्रेसले बलात्कार र हत्याका सबै घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि माग गरेको छ । विज्ञप्तिमा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो हप्ता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, पीडितकाे शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ भनिएको छ ।

बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको भनाइ छ । जिम्मेवार तहबाट विकसित देशहरूमा पनि यस्तै हुन्छ भन्ने गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको भन्दै कांग्रेसले महिलामाथि हिंसा, बलात्कार तथा हत्याका अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुकता बनाउन सरकारसँग माग गरेको छ ।