मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाको नेतृत्वमा कांग्रेस लयाँटीको कार्य समिति सर्वसम्मत

युवाको नेतृत्वमा कांग्रेस लयाँटीको कार्य समिति सर्वसम्मत


अछाम । नेपाली कांग्रेस १४ अाै महाधिवेशन अन्तर्गत वार्डतहको अधिवेशन देशका कतिपय वडाहरुमा नयाँ नेतृत्व चयन भएको छ ।

जस अन्तरगत अछामका कतिपय वडाहरुमा कांग्रेसको नयाँ नेतृत्व कायम भएको हाे । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ५ लयाँटीमा राम बहादुर बुढाको सभापतित्वमा नयाँ कार्य समिति सर्वसहमतीका साथ गठन भएको १४ अाैं महाधिवेशन वडा नम्बर ५ लयाँटीका निर्वाचन अधिकृत खम्मराज बुढाले जानकारी दिए ।

राम बहादुर बुढाको सभापतित्वमा २७ सदस्यीय कार्यसमिति अन्तर्गत उप सभापतिमा नर बहादुर कडायत, इन्द्र बहादुर शाही सचिवमा पदम बहादुर शाही, हिक्मत बुढा,सहसचिव जिबन बुढा , महेश शाही लगायत २८ सदसयकाे कार्य समिति निर्माण भएको अधिकृत बुढाले बताए ।

यस्तै क्षेत्रिय प्रतिनिधिहरु पनि निर्विरोध तथा सर्वसहमतिका साथ चयन भएका छन ।

जसमा मान बहादुर शाही, वीर बहादुर शाही , कुल बहादुर बुढा , उपेन्द्र शाही, जिबन बुढा, दिनेश बहादुर कडायत, बल बहादुर शाही, रत्न भुल , प्रेम शाही , रमेश कुमार बुढा , निराजन शाही , धुपिसरा कामी , अम्बी माझी ,रुप बहादुर चन्द, रुपा शाही , राम बहादुर बुढा , एकेन्द्र बहादुर रावल क्षेत्रीय प्रतिनिधिका लागि छनाेट भएका हुन ।