मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामति दिवसको अवसरमा अछामका ४ स्वास्थ्य संस्था सम्मानित

निजामति दिवसको अवसरमा अछामका ४ स्वास्थ्य संस्था सम्मानित

"कोभिड १९ रोकथाम, नियन्त्रण र व्यावस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रशासनको प्रशंसा"


कोभिड १९ रोकथाम, नियन्त्रण र व्यावस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रशासनको प्रशंसा

अछाम । निजामती दिवसको पारेर अछाम जिल्लाका प्रमुख स्वास्थ्य संस्था र अस्पताललाई सम्मान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा भएको निजामती दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछाम, जिल्ला अस्पताल, बयालपाटा अस्पताल र कमलबजार पिसिआर प्रयोगशालालाई सम्मान गरिएको हो ।

अछाम जिल्लामा कोरोना भाईरस कोभिड १९ रोकथाम, नियन्त्रण र व्यावस्थापनमा उल्लेख भुमिका निर्वाह गरेको भन्दै स्वास्थ्य कार्यालय अछाम, जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र पिसिआर प्रयोगशाला कमलबजारलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले ति स्वास्थ्य संस्थाको प्रशंसा समेत गरे ।

मंगलसेनमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले ति स्वास्थ्य संस्थाका प्रमुखलाई सम्मान पत्र र दोसला ओडाएर सम्मान गरे ।

सो अवसरमा पंञ्चदेवल विनायक नगरपालिकाका अहेब दिपक थारु र कमलबजार पिसिआर प्रयोगशालामा सूचना अधिकारी टेक बहादुर बिष्ट र जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका वैद्य खडक बहादुर बमलाइ व्यक्तिगत सम्मान समेत गरिएको थियो।